Breaking News

एनपीएलः चितवन राइनोजले १० लाखमा किन्यो रिजन ढकाललाई

Banner

चितवन,असोज २०-

नेपाल प्रिमियर लिग (एनपीएल) मा राष्ट्रिय टोलीका तीव्र गतिका बलर रिजन ढकाल १० लाखमा बिक्री भएका छन्। आइतबार काठमाडौँमा भइरहेको अक्सनमा ढकाललाई चितवन राइनोजले खरिद गरेको हो। उनलाई न्यूनतम १० लाखमा चितवन राइनोजले खरिद गर्दा अन्य टिमले उनका लागि इच्छा देखाइनन्।

ढकाल यो पटकको अक्सनमा ब्रिकी हुने पहिलो खेलाडी पनि बनेका छने। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन्। आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहेनछन्। जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन्।

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन। आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>