Breaking News
बुद्ध एयरले भन्योः हवाई टिकटमा अंकित रकमलाई एडिट गरेर बढी बनाइयो
०

काठमाडौँ,असोज २०-
बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको एयरलाइन्सले जनाएको छ ।
‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, एयरलाइन्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ । यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइटको टिकट स्टाटसबाट सजिलै चेकजाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























