भिडियो

बिज्ञानको ञचाहनाझ गीतको म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, असोज २०-

चितवनका गीतकार विज्ञानलाल श्रेष्ठको शब्दले सजिएको ‘चाहना’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घटस्थापनाको अवसर पारेर १७ गते शुक्रबार साँझ गीतकार स्वयंको युटुब च्यानल Bigyan Lal Shrestha बाट रिलिज भएको हो । मायाप्रीतिको गाथाले भरिएका शब्दहरूलाई अष्ट्रेलियामा रहेका सङ्गीतकार शिरिष बिक्रम थापाले सङ्गीत दिएका छन् भने उक्त गीतमा गायिका सदा श्रेष्ठको स्वर रहेको छ ।

अष्ट्रेलियामा रेकर्ड गरिएको सो गीतमा सङ्गीतकार शिरिष बिक्रम थापाको आफ्नै सङ्गीत संयोजन रहेको छ भने सङ्गीतकार थापाले रेकर्डसमेत आफ्नो स्टुडियोमा गरेका हुन् । नृत्य निर्देशक सुमित लामाको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोको सम्पूर्ण छायाङ्कन चितवन र नवलपुरका विभिन्न रमणीय स्थानहरूमा भएको हो । म्यूजिक भिडियोमा पहिलो पटक कलाकारद्वय समिता बराली र श्रवण श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको निर्माण सुवानलाल श्रेष्ठले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>