Breaking News
हात्तिको आक्रमणबाट सौराहामा माउतेको मृत्यु
चितवन, असोज १७-
चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहा स्थित खोरसोरमा जाने क्रममा आज(विहिवार)साँझ सात बजे गोविन्दे हात्तिको आक्रमणबाट हरिपुर नगरपालिका ६ सर्लाहीका ३४ वर्षिय जग्दु सिंहको मृत्यु भएको हो ।
‘बाहिरबाट सामान किनेर दुई जना खोरसोर नजिकको पुल क्रस गरेर आउँदै हुनुहुँदो रैछ । सिमलको रुखमा लकेर बसेको गोविन्दे हात्तीले आक्रमण गर्दा साँझ सात बजे एक जना कर्मचारीको मत्यु भयो’- चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुन मगरले भने ।
उनी पछुवा पदमा कार्यरत थिए । पछिल्लो समय सिंह कतार पठाउन लागेको हात्ती खगेन्द्रप्रसादको रेखदेखमा खटिँदै आएको उनले बताए । अर्का एक जना भने भागेर बाच्न सफल भएको उनले जानकारी दिए । गोविन्दे जंगली हात्ती हो । पोथी हात्तिको खोजिमा सौराहाको खोरसोरमा आउने गर्दछ । यसअघि झयाप्ले खोलाको पहिरोमा परेर निकुञ्जमा स्काउटपदमा कार्यरत तेज बहादुर विष्टको मृत्यु भएको थियो ।