Breaking News

बाढीपहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

Banner

काठमाण्डौँ, असोज १४-

बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय भएको एक मन्त्रीले जानकारी दिए। सोमबार दिउँसोमात्रै अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राखेका थिए।

उक्त बैठकले प्राकृतिक विपदका कारण मृत्यु हुनेको परिवारलाई सो राहत रकम दिने निर्णय लिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>