Breaking News
झ्याप्ले खोलामा पुरिएको माइक्रोबसको चितवनबाट गएको पुष्टि,१० जनाको शव निकालियो
०

काठमाडौं, असोज १४-
झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं गइरहेको माइक्रोबस रहेको खुलेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ।
हायसबाट १० जनाको शव निकालिएको छ। योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो। उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























