Breaking News

चितवनबाट काठमाडौं गएको माइक्रोपनि सम्पर्कबिहिन,झ्याप्लेखोलामै पुरिएको आशंका

Banner

भरतपुर,असार १३-

चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस पनि सम्पर्क बिहिन भएको छ । सो माइक्रोपनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क बिहिन भएको प्रालिका अध्यक्ष नर बहादुर रानाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिनुभयो । ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन’, प्रालिका अध्यक्ष रानाले भन्नुभयो–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले हामी त्यसतर्फ जाँदैछौं । ’

टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्काे भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन । शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>