Breaking News

पछिल्लो चौबिस घन्टामा चितवनमा देवघाटमा २२४.६ मिलिमिटर वर्षा

Banner

चितवन,असोज १२-

विगत चौबिस घन्टादेखि देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाले ९० भन्दा बढी स्थानहरूमा पछिल्लो चौबिस घन्टामा भारीदेखि धेरै भारी वर्षा भएको जनाएको छ। मौसमको शब्दावलीमा भारी वर्षा ५० मिलिमिटरभन्दा माथि र धेरै भारी वर्षा १०० मिलिमिटरमाथिको वर्षालाई भनिन्छ। २०० मिलिमिटरमाथिको वर्षालाई अति धेरै भारी भनिन्छ।

महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा पाल्पाको कुमालगाउँमा अति धेरै भारी वर्षा भएको छ। त्यहाँ चौबीस घन्टामा २२० मिलिमिटर वर्षा मापन भएको छ। तनहुँको बिमलनगरमा २३९ मिलिमलिटर, चितवनमा देवघाटमा २२४.६ मिलिमिटर, मकवानपुरको रजैयामा १९६.८ मिलिमिटर, काभ्रेपलान्चोकको रोशीमा २३०.२ मिलिमिटर, दम्कौलीमा २८२.४ मिलमिटर, रूपन्देहीको तिलोत्तमामा ३२३ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै अर्घाखाँची खाँचीकोटमा २३४.८, पाल्पाको अर्चलेमा ३६५ मिलिमिटर, ललितपुरको लेलमा ३०० मिलिमिटर, टिकाथलीमा २०१ मिलमिटर, झापाको चन्द्रगढिमा ३२५ मिलिमिटर वर्षा पछिल्लो चौबीस घन्टामा मापन भएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>