बलिउड/हलिउड

जयम रविमाथि श्रीमतीले लगाइन् घरबाट निकालेको आरोप

Banner

काठमाडौं, असोज ९-

तमिल अभिनेता जयम रवि हाल व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्।

केही दिनअघि उनले श्रीमती आरतीसँग सम्बन्ध विच्छेद गरेका थिए। उनीहरूले १५ वर्ष बैवाहिक सम्बन्ध टुंगाएका हुन्। उनीहरूको दुई छोरा आरव र अयान छन्। तर हालै जयमकी श्रीमतीले उनीविरूद्ध उजुरी दर्ता गरेकी छन्। आरतीले आफूलाई घरबाट बाहिर निकालेको आरोप लगाएकी छन्।

भारतीय सञ्चारमाध्यम एम ९ न्युजका अनुसार आरतीले चेन्नईको अड्यार पुलिस स्टेशनमा उजुरी दर्ता गराएकी हुन्। साथै उनले चेन्नईस्थित घरबाट आफ्नो सामान फिर्ता लिन पुलिस अधिकारीको सहयोग मागेकी छन्। चेन्नई पुलिस यस मामिलामा छानबिन गरिरहेको छ।

आफूलाई घरबाट निकालेको आरोप लागेपछि जयम रविले भने, ‘उनी मेरो छवि खराब गर्ने कोसिस गरिरहेकी छन्। जसलाई मैले निकै वर्षको मेहनतले बनाएको थिएँ। म अहिले हाँस्न मात्रै सक्छु। मेरो नाम खराब गर्न सजिलो छैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>