चितवन विशेष

बेहुली हुँदाको अनुभव लेखेर पठाउनेलाई ‘बेहुली फ्रम मेघौली’को आकर्षक उपहार

Banner

चितवन,असोज ९

असोज १७ गतेबाट प्रदर्शन हुने फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिमले आकर्षक पुरस्कारसहित योजना ल्याएको छ। फिल्मकी निर्मात्री स्वस्तिमा खड्काले बेहुली हुँदाको कथा लेखेर पठाउनेलाई उपहार दिने बताएकी हुन्। १२ गते शनिबार अर्थात् सेप्टेम्बर २८ मा छाया सेन्टर काठमाडौंमा दशैँ मेला लाग्दै छ।

‘जहाँ तपाईंहरुले चाहेको जति सपिङ गर्न सक्नुहुनेछ। साथै तपाईंहरुले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ’, उनले उल्लेख गरेकी छिन्। प्रतियोगीले आफू बेहुली हुँदाको अनुभव रोचक तरिकाले ३०० शब्दमा लेखेर असोज १० गतेसम्म पठाउनुपर्नेछ। प्राप्त कथामध्ये उत्कृष्ट कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र ‘बेहुली फ्रम मेघौली’को ग्राण्ड प्रिमियरमा निमन्त्रणा गरिनेछ।

साथै चलचित्रको २ वटा टिकट पनि प्रदान गरिने समेत स्वस्तिमाले उल्लेख गरेकी छिन्। यस फिल्ममा स्वस्तिमासहित निश्चल, स्वस्तिमा र विजय बराल मुख्य भूमिकामा छन्। फिल्ममा वसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। यो उनीहरूको यो डेब्यु निर्देशकीय फिल्म हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। नरेन्द्र मैनालीले खिचेका फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>