बलिउड/हलिउड

नेहा कक्करसँग डिभोर्सको हल्लाबारे यसो भन्छन् रोहनप्रीत

Banner

काठमाडौं, असोज ९-

भारतीय गायिका नेहा कक्कड जति आफ्नो गीतलाई लिएर चर्चामा रहन्छिन्। त्यति नै व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छिन्।

उनले सन् २०२० मा आफूभन्दा ७ वर्ष कान्छा रोहनप्रीत सिंहसँग विवाह गरेकी थिइन्। तर केही समयपछि नै उनीहरूको सम्बन्ध विच्छेदको हल्ला फैलन थाल्यो। यसैबीच रोहनप्रीत सिंहले यस हल्लाको विषयमा कुराकानी गरेका छन्।

‘हुँदै नभएको कुराको विषयमा कुरा गरेर कुनै फाइदा छैन। हल्ला त हल्ला नै हो। यो साँचो हुँदैन। त्यो बनाइएको कुरा हो’, उनले भने।

उनले अगाडि थप्दै भने, ‘आज कोही के भन्छन्, भोलि अर्को केही भन्छन्। मलाई लाग्छ कि तपाईहरूले पनि एक कानले सुनेर अर्को कानले उडाउनु राम्रो हुन्छ। या सुन्दै नसुन्नुस्। मान्छेहरूलाई यस्तो कुरा गरेर मजा आइरहेको छ। हाम्रो जिन्दगी त आफ्नै हिसाबले जिउनुपर्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>