चितवन विशेष

उवासंघ चितवनद्वारा महिला उद्यमीलाई करसम्बन्धी अभिमुखिकरण

Banner

चितवन, असोज ८-

उद्योग वाणिज्य संघ चितवनले महिला उद्यमी व्यवसायीहरुलाई लक्षित गरी आयोजना गरेको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड रासको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम भएको हो ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति नियमहरूको बारेमा व्यवसायीहरूलाई जानकारी हुनुपर्ने बताए ।

संघले आफ्ना सदस्य व्यवसायीहरुलाई निरन्तर रुपमा कर शिक्षा प्रदान गर्दै आइरहेको शिलशिलामा यस किसिमको कार्यक्रमको आयोजना गरेको भन्दै उनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर प्रणालीमा डे १, डे २ र डे ३ अनलाईन सिस्टमा गई सकेको जानकारी गराउदै आफ्नो व्यवसायको कर तिर्न मध्यस्तकर्ताको सहयोग नलिन आग्रह गरे । व्यवसायीलाई आफै कर तिर्न सक्ने बनाउनुपर्ने आजको आवश्यकता पनि भएको उनले बताए ।

राज्य स्तरबाट प्रदान गर्नुपर्ने प्रशिक्षण कार्यक्रम निजी क्षेत्रको पहलमा गरिएको भन्दै संघप्रति उनले आभार व्यक्त गरे ।

जिआईजेड रासका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविन लाल श्रेष्ठले चितवनका महिला उद्यमी व्यवसायीहरुलाई आयकर, मुअ कर, मिसम्याच लगायत करका नीति नियमका बारेमा जानकारी गराउन तालिम महत्वपूर्ण हुने बताए ।

दुई दिनसम्म सञ्चालित तालिम तथा अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की लगायत सिए विकास तिवारी, सिए विशाल भट्टराईले, सिए सजिता अधिकारी, सिए कमल सुवेदी र कविता चौधरीले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>