मनोरञ्जन
१२ वर्षपछि सुटिङ सेटमा निरुता र उत्तम
०

काठमाडौ, असोज ७-
निरुता सिंह र उत्तम प्रधान १२ वर्षपछि सुटिङ सेटमा फर्किएका छन् । उनीहरुको अभिनय रहेको म्युजिक भिडियोको छायांकन मकवानपुरको चित्लाङमा गरिएको छ ।
‘यो जुनी यस्तै भो’ बोलको गीतको भिडियोमा यी दुई कलाकारले दम्पतीको भूमिका निर्वाह गरेका छन् । बबी लिम्बू सुब्बाको शब्द, हरि लम्सालको संगीत र केशव भावुकको स्वर रहेको गीतलाई दशैं छेकोमा रिलिज गर्ने तयारी छ ।
यो गीतको भिडियोको छायांकनका लागि निरुता र उत्तम सिक्किमबाट नेपाल आएका हुन् । छायांकनपछि उत्तम फर्किसकेका छन् भने निरुता काठमाडौंमा छिन् ।
सम्भवतः तिहारपछि सुरु हुने यो फिल्मलाई उत्तमले निर्देशन गर्ने कुरा छ । निरुता र उत्तमले दर्पणछायाँ, लहना र उपहार जस्ता फिल्ममा सहकार्य गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























