चितवन विशेष

गुडिरहेको अटोमा सिमलको हाँगा लागेर दुई जना घाइते, अटो प्रहरीको नियन्त्रणमा

Banner

चितवन, असोज ७-

भरतपुर महानगरपालिका–४ स्थित क्यान्सर अस्पताल ३ नम्बर गेट अगाडि गुडिरहेको अटोमा सिमलको हाँगा लागेर अटोमा सवार दुई यात्रु घाइते भएका छन् ।

आइतवार साँझ ७ः२० बजेको समयमा भरतपुरबाट मेघौलीतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ह २१२९ नम्बरको अटोमा सिमलको हाँगा खसेर लागेको थियो ।

सिमलको हाँगा लागेर अटोमा सवार भरतपुर–२७ बस्ने वर्ष ५७ को खुम बहादुर थापा र सोहि ठाउँ बस्ने वर्ष २३ की निलम भुजेल मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने उपचारमा अटो चालक ४४ वर्षीय हरी प्रसाद डुम्रे संलग्न छन् । अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>