Breaking News

धनुषाको प्रहरी हिरासतबाटै भागे ९ थुनुवा, एक जना पक्राउ

Banner

काठमाडौं, असोज ७-

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार भएका छन् ।

आज बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। तीमध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले बताए।

प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्।

फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रवक्ता अवाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>