चितवन विशेष
म यात्रुबहाक सवारी चालक मेरो प्रतिबद्धता कार्यक्रम लागू हुने
०

चितवन,असोज २-
बागमती प्रदेशमा सवारी दुर्घटना न्युनिकरणका लागि म यात्रुबहाक सवारी चालक मेरो प्रतिबद्धता कार्यक्रम लागू हुने भएको छ । बिहिबारदेखि प्रदेशका १० जिल्लामा यो कार्यक्रम लागू हुन लागेको हो ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनले पत्रकार भेटघाट कार्यक्रम मार्फत चितवनमा भोलि बिहान १० बजे केन्द्रिय बसपार्कमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन हुने जनाएको छ । विभिन्न प्रतिबद्धतासहित सवारी साधनमा दुर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामुलक स्टीकर टाँस गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियानसंगै चाडपर्व लक्षित अभियानहरु पनि संघसंगै अघि बढाइनेछ ।
बिशेष गरेर बस,नीजि गाडी र माइक्रोबसमा यो कार्यक्रम लागू हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























