मनोरञ्जन

मिस नेपाल आस्मा बनिन् राप्रपाको केन्द्रीय सदस्य

Banner

काठमाडौं, असोज २-

मिस नेपाल २०२४ की बिजेता आस्मा कुमारी केसी राजनीतिमा होमिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आस्मालाई सिधै केन्द्रीय सदस्य बनाएको हो ।

राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तरगत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’ अघि सारेको थियो । विभिन्न मापदण्डका आधारमा अन्तरवार्तासमेत लिएपछि १० पुरुष र १० महिलालाई केन्द्रीय सदस्यमा हिजो मनोनयन गरिएको हो । मनोनितहरुको सूचीमा आस्माको नाम पनि छ ।

यसै बर्ष श्रावणमा भएको मिस नेपाल प्रतियोगितामा २६ वर्षीया आस्मा विजेता बनेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>