मनोरञ्जन

हेमन्त शर्माले पहिलोपटक ल्याए दसैँ गीत

Banner

काठमाडौँ, असोज २-

हेमन्त शर्माले पहिलोपटक दसैँ विशेष गीत ल्याएका छन्। हेमन्तसहित मेलिना राईको स्वर ‘आउँथ्यो दसैं’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा हेमन्तकै शब्द र संगीत रहेको छ।

सार्वजनिक गीतमा दसैँदेखि तिहारसम्मको रमाइलो माहोल समेटिएको छ। साथै दसैँ र तिहारमा परदेशिएकाहरुलाई पनि घर फर्किनुपर्छ भनिएको छ। गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन्।

गीतको भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>