चितवन विशेष
नारायणी नदीकिनारमा दुई वटा गाई मृत फेला, कसैले फालेको आशंका
०

चितवन, असोज १-
नारायणी नदी किनारमा दुई वटा गाई मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–४ गैंडाचोकस्थित नदी किनारमा मरेका दुई वटा गाई सोमवार बेलुका फेला परेका हुन् ।
कसैले मरेका गाईहरु त्यहाँ ल्याएर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाको विषयमा प्रहरीले केहि क्लु फेला पारेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
‘एउटा गाईमा बीमाको ट्याग भेटिएको छ । त्यसको आधारमा हामीले अनुसन्धान गर्दै छौँ’, उनले भने, ‘कतै लैजाँदै गर्दा मरेपछि त्यहाँ लगेर फालेको हुन सक्छ । नजिकका कुनै किसानले फालेका पनि हुनसक्छन् ।’
उनका अनुसार गाईको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । गाईलाई भगवानको रुपमा समेत पूजा गरिने भएकाले कुनै कारणले मरिहाले पनि त्यसरी फाल्न नपाइने उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























