चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा हाइसको ठक्करबाट पैदलयात्री गम्भिर घाइते

Banner

भरतपुर,भदौ ३०-

चितवनको नारायणगढ–मुग्लिन सडकमा हाइसको ठक्करबाट पैदलयात्री गम्भिर घाइते भएका छन । आज (आइतबार) बिहान ६ बजे सडकखण्डको भरतपुर महानगरपालिका २९ गाईघाटमा कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र ३–०१–००५ ख ९७६६ नम्वरको हाइस गाडीले पैदलयात्री तनहुँ आबुखैरहनी गाउँपालिका ५ का ४१ वर्षिय सुकलाल गुरुङलाई ठक्कर दिएको हो । बाटो काट्ने क्रममा गुरुङलाई गाडीले ठक्कर दिएको थियो ।

घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । घाइतेको टाउको र खुट्टामा चोट लागेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>