Breaking News

चितवनमा असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल मेला, ५० प्रतिशतसम्म छुट हुने

Banner

भरतपुर,भदौ २९-

चितवनको भरतपुरमा असोज १ गतेदेखि वडादशैं जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । चितवन उद्योगसंघ उद्योग संघको आयोेजनामा चितवन प्रदर्शनी केन्द्रमा असोज २४ गतेसम्म मेला आयोजना हुन लागेको हो ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको आज (शनिवार) पत्रकार सम्मेलनको आयोजना गरी जनाकारी दिइएको छ । मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने सह– आयोजक संस्था बेस ग्लोबल प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिनुभयो । मेलामा ४० वटा स्टल रहने उहाँले बताउनुभयो ।
नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज,जेन्स,बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

मेलामा करिब ३० हजार जोर जुत्ता,चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ । प्रत्येक दिन जुत्ता चप्पल खरिद गर्ने ग्राहकलाई कुपनको ब्यवस्था गरिएको उपाध्यायले जानकारी दिनुभयो । उहाँले जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने बताउनुभयो ।

यस्तै मेलामा सहभागि मध्येबाट लक्की ड्र मार्फत खोलिने कुपनहरुबाट एक जनालाई ५० हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन र स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्न यो मेलाले सहयोग पु¥याउने चितवन संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मेलाले आर्थिक रुपमा चलायमान गराउँदै उद्यमी विच स्वच्छ प्रतिस्पर्धा गर्ने अवसर समेत प्रदान गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>