Breaking News

आज तीन हजारले बढेर सुनको मूल्यले कायम गर्‍यो नयाँ रेकर्ड

Banner

काठमाडौँ, भदौ २८-

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजो (बिशीबार) एक सयले घटेको सुन आज (शुक्रबार) एकैदिन तोलामा तीन हजारले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

योसँगै आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>