Breaking News
सहकारी प्रकरणमा धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ: गगन थापा
०

काठमाडौं, भदौ २५-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले कांग्रेसका कुनै नेतामाथि प्रश्न उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको बताए ।
गुरुङ आफैँले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ गर्न नहुने उनको भनाइ छ । कुनै पनि प्रकरणमा कानूनको उल्लंघन गरे दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष भए दण्ड पाउन नहुने पार्टीको स्पष्ट बटमलाइन रहेको थापाले बताए ।
उनले गुरुङको मात्रै नभई आफ्नो वा अरू कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानबिन हुनुपर्ने र दोषी देखिए कारबाहीसमेत गर्नुपर्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























