घटना -दुर्घटना

भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

Banner

चितवन, भदौ २४-

भरतपुर महानगरपालिका–११ नवजागृती सामुदायिक वनमा आइतवार एक पुरुष व्यक्तिको शव फेला परेको छ । उक्त शव कालिका नगरपालिका–५ अजम्बरी टोल बस्ने वर्ष ५५ को बाबुराम परियारको भएको खुलेको छ ।

मृतकका छोराले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । जंगली जनावरको आक्रमणबाट बाबुरामको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बाबुरामले जंगलमा गएर निउरो, च्याउ टिप्ने र विक्री गर्ने गर्थे । मादक पदार्थ सेवन गरिरहने उनी भदौ २२ गतेदेखि सम्पर्कविहिन भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>