Breaking News

एमाले जग र जरा भएको पार्टी हो, मंसिरमा हुने उपचुनावमा देखाइदिन्छौंः ओली

Banner

काठमाडौं, भदौ १९-

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी के हो भन्ने कुरा आगामी मंसिरको उपचुनावमा देखाउने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई बुधबार सम्बोधन गर्दै ओलीले जग र जरा भएको पार्टी भएको बताएका हुन् ।

‘एमाले नीतिगत रूपमा स्पष्ट छ, लिएका नीति सही छन् । जग र जरा भएको पार्टी हो । इतिहासको विरासत बोकेर सशक्त उभिएका छौं,’ ओलीले भने, एमाले कस्तो पार्टी हो भनेर आगामी उपचुनावमा देखाइदिन्छौं । यस्तै, उनले समाजमा अराजकता फैल्याउने कोशिश भइरहेको बताए ।

नयाँ सरकारले जनतामा आशा जगाउने काम शुरू गरेलगत्तै अराजकता मच्चाउने प्रयास भइरहेको उनको भनाइ छ । विधिको शासन र आफूहरू नागरिक सर्वोच्चताको पक्षमा रहे पनि अराजकतालाई स्वीकार नगर्ने उनको भनाइ थियो । बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना’बारे ५१ जना सदस्यले धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>