मनोरञ्जन

सदनमा सांसद भण्डारीले भने-विष्णु माझीलाई नेपालीले देख्न चाहेका छन्, मिल्ने भए सार्वजनिक होस्

Banner

काठमाडौं, भदौ १८-

प्रतिनिधि सभाको बैठकमा गायिका विष्णु माझीको गीतको चर्चा भएको छ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले माझीको ‘आइन आमा यो तिजैमा’ भन्ने गीतले सबैको मन छोएको बताए ।

उनले भने, ‘यो गीतले हरेकको मन छोएको छ, आज जनताले भनिरहेका छन्, मैले विष्णु माझीको अधिकारमाथि हनन् गर्न खोजेको होइन । यस्तो राम्रो गीत गाउनेलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेकको मनले भनेको छ।’

उनले कुनै उपाय छ र मिल्ने भए विष्णु माझीलाई सार्वजनिक गर्न माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>