चितवन विशेष

चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु

Banner

चितवन, भदौ १६–

चितवनको दक्षिणी भेग माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आज विहान ९ बजेको समयमा माडी नगरपालिका–१ शिकारीपुर चट्याङ लागेर वर्ष ५० की सरस्वती महतोको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आफ्नै गोठमा भैसीलाई कुडो हाल्न जाँदा एक्कासी चट्याङ लागेर महतो घाइते भएकी थिइन् ।

लगत्तै उपचारका लागि माडीस्थित बघौडा अस्पताल लैजादा उपचारको क्रममा १०ः५० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमक लागि भरतपुर अस्पतालको शवगृहमा ल्याईदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>