चितवन विशेष

नारायणघाट-मुग्लिन सडक सुचारु

Banner

भरतपुर,भदौ १६-

रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ। सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन्। बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ। बिहान ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो।

लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए। अहिले सडक दुईतर्फी नै सञ्चालनमा रहेको चितवन प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>