चितवन विशेष
चितवनको माडीमा अति वर्षाः सतर्क रहन प्रशासनको आग्रह

चितवन,भदौ १६-
चितवनको माडीमा आज बिहान अत्याधिक वर्षा भएकाले रिऊ खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी आसपासमा पछिल्लो तीन घण्टा अति वर्षा भएको र थप वर्ष हुने देखिएकाले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आह्वान गरेको हो।
कल्याणपुर (माडी) वर्षामापन केन्द्र र माडी आसपासमा अति भारी वर्षाको सम्भावना छ, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्दछ। माडीमा खहरे खोलामा कारण प्रत्येक वर्ष धनजनको क्षती हुने गर्दछ। यहाँ पानी पर्ना साथ साना खोलाहरु पनि एक्कासी उर्लिएर आउने गर्दछन्। भरतपुरमा पनि बिहान देखि मुसलधारे पानी परिरहेको छ।
























