चितवन विशेष
एमाले भरतपुर-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित
०

भरतपुर,भदौ १५-
नेकपा (एमाले) भरतपुर महानगरपालिका-११ को अध्यक्षमा गोकर्ण कार्की निर्वाचित हुनुभएको छ । आज (शनिवार) सम्पन्न २३ औं वडा अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा खेम सुवेदी,सचिवमा हरी आचार्य शर्मा,सहसचिवमा बिष्णुमाया पोखरेल र सिता बास्तोला निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष इश्वरी पण्डितले जानकारी दिनुभयो । अधिवेशनको पार्टी पोलिटव्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























