चितवन विशेष

सेन्ट्रल कलेजमा शुक्रबार युएसए सेमिनार हुने, बिशेष छात्रबृत्तीसहितका जानकारी लिन पाइने

Banner

चितवन,भदौ १३-

शैक्षिक परामर्श दाता शैक्षिक संस्थाको रुपमा रुपमा अब्बल बन्दै गइरहेको सेन्ट्रल कलेजले भोलि (शुक्रबार) बिहान युएसए जान चाहाने विद्यार्थी लक्षित गरेर सेमिनारको आयोजना गरेको छ । भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा हुने सेमिनारमा युएसएका विभिन्न युनिभर्सिटीका प्रतिनिधि मनोज भट्टराईको उपस्थिती रहनेछ । बिहान ८ः३० बजेदेखि सुरु हुने सेमिनारमा युएसएका विभिन्न युनिभर्सिटी तथा कलेजको शिक्षा र छात्रबृत्तीका बारेमा विद्यार्थी अभिभावकले जानकारी लिन सक्नेछन ।

कलेजले आयोजना गरेको सेमिनारमा सहभागि भएर मौकाको फाइदा लिन कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले सबैलाई आब्हान गर्नुभयो । सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>