Breaking News

चोर बाटो हुँदै अमेरिका छिर्न ब्राजिल पुगेका १०० नेपाली अलपत्र

Banner

काठमाडौं, भदौ ११-

अवैध रुपमा अमेरिका छिर्ने भन्दै ब्राजिल पुगेका करिब १०० जना नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेका छन्।

मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित झन्डै ७०० आप्रवासी ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको रोयटर्सले जनाएको छ। ती मध्ये अधिकांश भारतीय र भियतनामका नागरिक हुन्।

दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित हिँडेका नेपालीहरु करिब १०० जना रहेको हुनसक्ने ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले जानकारी दिए।

ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई प्रवेश अनुमति नदिएपछि करिब एक सय नेपाली समेतलाई त्यहाँको सरकारको नियन्त्रणमा लिएर बन्दी जस्तै बनाएको छ। तर, आफूहरु अप्ठ्यारोमा परेको भनेर नेपालीहरु कसैले पनि दूतावासमा जानकारी नगराएको काफ्लेको भनाइ छ।

ब्राजिल सरकारसँग अलपत्र परेका नेपालीको अवस्थाबारे छलफल गरिरहेको र समस्या परे तत्काल सहयोग गर्न आफूहरु तत्पर रहेको राजदूत काफ्लेको भनाइ छ।

लाखौं रकम असुलेर मानव तस्करहरुले ब्राजिल लगायतका देशमा पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया, पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको जाने अनि अमेरिका छिराउने प्रयास गर्छन्।

त्यही क्रममा कैयौंको बाटोमै ज्यान जान्छ। कैयौं मोटो रकम डुबाएर फर्काइन्छन्। भारतीय, भियतनामी र नेपालीसहित करिब सात सयलाई नियन्त्रणमा लिएको ब्राजिल सरकारले सोमबार देखि लागू हुने गरी नियमन कडा बनाएको छ।

आप्रवासीको अवैध आवागमन रोक्न ब्राजिलले जुन एयरलाइन्सले त्यहाँ पुर्‍याएको हो उसैले फिर्ता लैजानु पर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>