चितवन विशेष
क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता
०

चितवन,भदौ १०-
चितवनको बीपि कोइराला मेमोरियल क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता भएको छ। रत्ननगर नगरपालिका कार्यालयको नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार सो पालिकामा बसोवास गरेका विपन्न नागरिकहरूलाई क्यान्सर रोग लागेमा उक्त रोगको निदान, औषधि र उपचार सहयोग कार्यक्रम कार्यान्वयनका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता भएको हो।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाबीच उपचारमा सहयोग सम्बन्धी सम्झौता गरिएको हो। जुनसुकै प्रकारको क्यान्सर रोगको उपचारको लागि प्रति बिरामी बढीमा पच्चिस हजार रूपैयाँ नगरपालिकाले उपलब्ध गराउनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























