Breaking News

मर्स्याङ्दीमा खसेको बस निकाल्न भोलि बिहान साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरिने

Banner

काठमाडौँ, भदौ ९-

तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि भोलि (सोमबार) पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो। जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङका अनुसार दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा सो समय राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो।

सोमबार (भाद्र १०) गते बिहान ६ः३० देखि १०ः०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने उनले जानकारी दिए। दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ। यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>