चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्यो

Banner

चितवन,भदौ ९-

नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना ६, खोरखोलानजिकै गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्दा चालक सामान्य घाइते भएका छन्। चितवन प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प २७०२ नम्बरको मोटरसाइकललाई बिहान ८ बजेतिर सडकमाथिबाट ढुंगा खसेर लागेको हो।

ढुंगाले लागेर मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२१ बस्ने वर्ष २८ का आशिक मियाँको बायाँ हातमा सामान्य चोट लागेको छ। ढुंगाले मोटरसाइकलमा सामान्य क्षति पुगे पनि मियाँ आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>