भिडियो

वेब सिरिज ‘कलिलो मन’ निर्माण सुरु, पहिलो एपिसोडको ट्रेलर सार्वजनिक

Banner

भरतपुर, भदौ ८-
चितवनका युवाहरूको समूहले नेपाली वेब सिरिज ‘कलिलो मन’ निर्माण प्रारम्भ गरेका छन् । सूर्यतारा फिल्म्स र मिजार पकेट फिल्म्सले संयुक्तरूपमा कलिलो मन प्रस्तुत गर्न लागेको हो ।

नवनिर्देशक पाभेल जेभियरले निर्देशन गरेको सिरिजको पहिलो एपिसोड छायाँकन सकिएर ट्रेलर सार्वजनिक गरिएको छ । केही दिनमै पहिलो एपिसोड सार्वजनिक हुने उनले बताए । सूर्यतारा फिल्म्सको युट्युब च्यानलमा सार्वजनिक गरिने वेब सिरिज १० एपिसोडको हुने छ । त्यसलाई हरेक महिना दुई एपिसोडको दरले सार्वजनिक गर्ने योजना निर्देशक जेभियरले बताए ।

समाजमा द्वन्द्व र मायाका कारण अनेक दुर्घटना हुन्छन् भन्ने सिरिजले देखाउने निर्देशक जेभियर बताउँछन् । ‘कलिलो मन समाजमा भइरहेका घटनाहरूको काल्पनिक प्रस्तुति हो’ उनले भने,समाजमा विभिन्नखाले मान्छे अपराधमा कि त मायामा फसिरहेका हुन्छन्, जेमा फसे पनि कलिलो मन सधैँ कलिलै हुन्छ भन्ने कथा हाम्रो हो ।’

स्थानीय स्रोतसाधन र स्थानीय कलाकार समेटेर सिरिज बनाएको भन्दै उनले दर्शकले साथ दिने विश्वास व्यक्त गरे । सिरिजका सबै कलाकार चितवन र आसपासका छन् ।

सिरिजका निर्माता सुमन गहतराज हुन् भने कथा तथा संवाद सन्तोष मिजारले लेखेका हुन् । सिरिजमा आरजु अधिकारी, ज्योनी रेग्मी, विनोदबाबु रिजाल, सरिफ खान, राज पौडेल, विजन गुरुङ, सुमित गुरुङ, चिरञ्जीवी पन्थी, प्रशान्त खनाल, सन्तोष मिजारलगायत कलाकारको अभिनय देख्न पाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>