मकवानपुर

मकवानपुरमा भएको छुट्टाछुटै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

Banner

बागमती, भदौ ७-

मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएका दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भीरबाट खसेको ढुङ्गाले लागेर मकवानपुरको बकैया गाउँपालिका–६ सानो ज्यामिरे निवासी हिरालाल थिङको आठ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालयबाट घर फर्किने क्रममा आज दिउँसो ३ बजेतिर बाटोमा एक्कासी भीरबाट खसेको ढुङ्गाले लागेर थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी आफ्नै घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय शङ्खमाया लामा रहेको प्रहरीले जनाएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मास्टर चोकमा ग्यास बोकेको भारतीय गाडीले कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएका छन् ।

पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय ग्यास बुलेटले विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ८४४९ नं।को कारलाई ठक्कर दिँदा कारमा सवार कार चालक स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–१ निवासी ३३ वर्षीय चुडाबहादुर विष्ट, पोखरा महानगरपालिका–११ निवासी ६३ वर्षीय पुरण श्रेष्ठ, लमजुङ बँेसीसहर नगरपालिका–८ निवासी १७ वर्षीया नेहा राना मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>