Breaking News

पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौं उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी भैरहवा डाइभर्ट

Banner

पोखरा, भदौ ५-

पोखराबाट ७२ जना यात्रु लिएर काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।

पोखरा विमानस्थलका अनुसार साढे ७ः२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए ।

काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०ः२० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी दिए ।

पोखराबाट उडान भर्ने बेला काठमाडौं मौसम ठिकै देखिए पनि पछि खराबी आएको विमानस्थलको भनाइ छ ।

बिहान पोखरा विमानस्थलबाट २ वटा बुद्ध एयरको जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा ल्याण्ड भएको छ भने अर्को भिजिविलिटीका कारण अवतरण गर्न नसकी भैरहवा ल्याण्ड भएको हो। अझै केहीबेर विमानस्थल खुल्ने अवस्था नरहेको बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>