चितवन विशेष

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर…

Banner

चितवन,भदौ ४-

जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना २०८१ संचालनमा ल्याएको छ । आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यही भदौ १ गते देखि आगामी कार्तिक ३० गतेसम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो।

यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याट सहित)को जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । यस उपहार योजना मार्फत आठ सय बीस जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्।

जस अन्तर्गत २ जनाले बम्परमा थाईल्याण्ड घुम्न जान पाउने अवसर , ५१ स्मार्ट घडी , ६५ जनाले राईस कुकर, १०१ जनाले ईयर बड्स र ६०१ जनाले आकर्षक टिसर्ट प्राप्त गर्न सक्नेछन् । यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ । कम्पनीले विगत ३० वर्षदेखि निरन्तर रुपमा नेपाली मनको नेपाली रङ्ग भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्‍याइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>