चितवन विशेष
मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो
०

भरतपुर,भदौ ४-
मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं.पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने भएको छैन। प्रहरीले सार्वजनिक गरेको तस्बीर अनुसार ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी बर्नट छेउमा लागेको देख्न सकिन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























