चितवन विशेष
चितवनको भ्याली स्टेट कलेजमा बिएचसीएम र एमबिए कार्यक्रम सञ्चालन

भरतपुर,भदौ ३-
पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। विगत १२ वर्षदेखि बिबिए कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमा नै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बिएचसीएम)को अध्यापन सुरु गर्न लागेको हो।
कलेजका प्राचार्य बाबुराम खनालका अनुसार बिएचसीएम अध्ययन पश्चात विद्यार्थीहरूले अस्पतालको व्यवस्थापन, स्वास्थ्य एवं संघसंस्थाहरूको व्यवस्थापन लगायतका जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न सक्ने र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गर्न सक्नेछन्।
कलेजले विश्वमै प्रतिष्ठित एमबिए कार्यक्रमलाई पनि एक्काइसौँ शताब्दीको मागअनुसार शैक्षिक संस्था र उद्योग व्यवसायलाई जोडेर व्यवहारिक तथा प्रयोगात्मक तरिकाले सञ्चालन गर्ने एमबिए कार्यक्रम निर्देशक सुजन कार्कीले बताए । चितवनको भरतपुर–१० हाकिमचोकस्थित विद्युत प्राधिकरण रोडमा अवस्थित भ्याली स्टेट कलेज एक प्रतिष्ठित शैक्षिक संस्था हो।

























