चितवन विशेष

दक्षिण कोरिया जाने विद्यार्थी लक्षित गोल्डेन इमिनेन्टले शैक्षिक मेला गर्दै

Banner

चितवन, भदौ २–

दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका–१०, स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।

शैक्षिक मेलाका बारेमा आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको बताए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं ।’ प्रबन्ध निर्देशक रिजालले भने ।

प्रबन्ध निर्देशक रिजालका अनुसार मेलामा विद्यार्थीले दक्षिण कोरियाका विभिन्न युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी लिन सक्नेछन । मार्च इन्टेकलाई लक्षित गर्दै यही भदौ ४ गतेदेखि भदौ ७ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म परामर्श दिइने रिजालले जानकारी दिए । मेलामा दक्षिण कोरियाका २० भन्दा बढी युनिभर्सिटीका विषयमा परामर्श तथा आवेदन दिन सक्नेछन । मेलामा आउने विद्यार्थीले आवश्यक कागजात भएको खण्डमा अन द स्पट भिषा आवेदन दिनसक्ने रिजालले बताए । मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिने प्रबन्ध निर्देशक रिजालले बताए ।

मेलामा सहभागी विद्यार्थीले आइइएलटिएसमा ५।५– ६।५ र २ दशमलब ८ भन्दा बढी जिपिए वा ६० प्रतिशत बढी अंक ल्याएमा ३० देखि शतप्रतिशत सम्म स्कलरसिप उपलब्ध पाउनेछन ।‘‘खासगरी दक्षिण कोरियाको लागि मेनेज्मेण्ट, हस्पिटालिटी मेनेज्मेण्ट र ग्लोबल एडमिनिस्ट्रेसन विषयमा विद्यार्थीले आवेदन दिन सक्नेछन । नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने उनले बताए । पत्रकार सम्मेलनमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीका निर्देशकद्धय सम्झना क्षेत्री रिजाल र सोनिया पौडेल लगायतको सहभागिता थियो ।

एकदशक अघि भरतपुर प्रधान कार्यालयबाट सेवा शुरु गरेको गोल्डेन इमिनेन्टका अन्य शाखाहरु काठमाडौंको बागबजार, काठमाडौं, भक्तपुर बसपार्क अगाडि, बुटवलको पुष्पलाल पार्क, कोहलपुरको मेरी स्टोप्स सेन्टर पिपल चौतारी, दाङ्गको तुलसीपुर, महरा पेट्रोलपम्प रहेको भवन र साउथ कोरियाको शाखाको दोङ्गेदेमुन–इटिआई नम्बर–४, साउथ कोरिया सिओलमा शाखाहरु सञ्चालनमा छन । सबै शााखाहरुबाट परामर्श तथा कोरियन भाषाका कक्षाहरु सञ्चालन भईरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>