Breaking News

साफ यू-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

Banner

काठमाडौ,भदौ २-

घरेलु मैदानमा सुरु साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्‍घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो।

पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो। खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो। श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई बिट गर्दै गरेको निराजनको सशक्त प्रहारले पोष्टको जाली चुमेको थियो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो। खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो। जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ। लिगमा भोलि सोमबार समूह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन्। सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन्। समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>