Breaking News

सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० रुपैयाँ पुग्यो

Banner

काठमाडौँ, भदौ २-

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन रेकर्ड मूल्यलाई पनि तोड्दै आज सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>