मनोरञ्जन
लाज शरणम्बाट फिल्मको अभिनय यात्रा सुरु गर्दै मुन्नी

काठमाडौँ, भदौ २-
मुन्नी उपनामले दर्शकमाझ परिचित कलाकार प्रियना आचार्यले फिल्म खेल्ने भएकी छिन् । सक्किगोनी सिरियलको टिमले बनाउन लागेको लाज शरणम्बाट प्रियनाले फिल्मको अभिनय यात्रा सुरु गर्न लागेकी हुन् । निर्माण कम्पनी जेपीटी क्रियशनले फिल्ममा प्रियनाको पनि अभिनय रहने जानकारी दिएको हो।
लाज शरणम् लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गर्दैछन्। फिल्ममा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) को अभिनय रहने यसअघि सार्वजनिक गरिएको थियो। त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ।
भदौ तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन् । फिल्मलाई महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ।
























