Breaking News
चितवनमा ट्रकको ठक्करबाट पैदलयात्री महिला गम्भिर घाइते, ट्रक चालक पक्राउ
०

चितवन, भदौ २-
चितवनको रत्ननगर नगरपालिका–२ कालिका पेट्रोलपम्प नजिक पूर्व–पश्चिम राजमार्गमा पैदलयात्री एक महिलालाई ट्रकले ठक्कर दिएको छ ।
हेटौंडाबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख ६६१६ नम्बरको ट्रकले आज बिहान सवा ७ बजेको समयमा खैरहनी नगरपालिका–१ बस्ने ४१ वर्षीय रिना धरेललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट धरेल गम्भिर घाइते भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । रिजालका अनुसार घाइतेलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको छ । घाइतेको बायाँ तिघ्रा र भित्री चोट लागेको छ ।
ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–८ बस्ने ४१ वर्षीय रुद्र बहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























