समाचार

डोटीमा बस दुर्घटना, १७ जना घाइते

Banner

काठमाडौं,साउन ३२-

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका-४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्।

बस करिब ३५ मिटर तल खसेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको एसपी कोइरालाले जानकारी दिए। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>