खेलकुद

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि हुने

Banner

चितवन, साउन ३१-

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए ।

प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने भुसालले जानकारी दिए ।

क्लबका अध्यक्ष लाल सिंह गुरुङले तयारी थालिएको बताए । पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए । पहिलो संस्करण २०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको थियो । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । यसैबीच आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>