Breaking News
कांग्रेस र एमाले अर्को चुनावमा मिलेर लडे हुन्छः माओवादी सांसद झक्कु सुवेदी
०

काठमाडौं, साउन ३०-
नेकपा माओवादी केन्द्रका सांसद झक्कु सुवेदीले आगामी आम निर्वाचनमा एमाले र कांग्रेस मिलेर जान सुझाव दिएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सुवेदीले राजनीतिक स्थिरताकै लागि दुई ठूला दल मिलेको हो भने अर्को चुनावमा पनि मिलेर जाँदा ठीक हुने बताएका हुन्।
‘त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने काँग्रेस एक नम्बर भएकाले काँग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशुल गर्नुस् । सबै देश कब्जा गर्नुस्,’ उनले भने। तर देश कब्जा गर्न खोज्दा परिणाम के हुन्छ भन्ने विषय केही अगाडि श्रीलंका र हालै बंगलादेशमा भएको घटनाक्रम उदाहरण हुने बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























