समाचार

अब लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारीमा सरकार

Banner

काठमाडौं,साउन ३०-

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा अब राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भएरनभएकोबारे पत्ता लगाउने छ ।

त्यसका लागि लाइसेन्स बोकेर हिँड्न नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । ‘लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्न गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी-पत्रमा हस्ताक्षर (एमओयू) हुँदै छ,’ उनले भने, ‘त्यही एमओयूमा लाइसेन्सको प्रयोग सम्बन्धी व्यवस्थाहरु उल्लेख हुने छन् ।’ राष्ट्रिय परिचयपत्रबाटै नागरिकहरुले लाइसेन्सको सेवा लिन सक्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>